एनआरएनए अमेरिकाकाे अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित

सुपेन्द्र बस्नेत
१८ जेष्ठ २०७८, मंगलवार ०६:४९

अमेरिका । गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी कार्यकालका हालै सम्पन्न निर्वाचनमा बुद्धि सागर सुवेदी निर्वाचित हुनुभएकाे छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार आगामी दुई वर्षे कार्यकाल (२०२१-२०२३) का लागि सुवेदी अध्यक्ष पदमा चयन हुनु भएको हो ।

सुवेदीले आफ्ना तीन प्रतिद्वन्द्वीहरु कृष्ण लामिछाने , डा.अर्जुन बन्जाडे र तिकल केसीलाई पछि पार्दै नेतृत्वको बागडोर सम्हाल्न सफल हुनु भएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार सुवेदीले -५,६ १८, कृष्ण लामिछानेले -५,२००, अर्जुन बन्जाडेले – ४,१४८ र तिलक केसीले -५६७ मत प्राप्त गर्नु भएको छ । यही मे २९ (शनिबार) र मे ३० (आइतबार) का दिन कुल २०,१३८ मतदाताहरु रहेको २९ राज्यहरुमा , एकै पटक सम्पन्न भएको निर्वाचनमा कुल १५,७६८ मत खसेको थियो ।

यसैगरी , बरिष्ठ उपाध्यक्षमा कृष्ण जिबि पन्थ बिजयी हुनु भएको छ । ६,८५० मत सहित आफ्ना दुई प्रतिद्वन्द्वी बाबुराम लामा र चित्र कार्कीलाई पराजित गर्दै पन्थ बिजयी हुनु भएको हो । राष्ट्रिय उपाध्यक्ष पदका लागि १४ जना चुनावी मैदानमा उत्रिएकोमा , सुमन थापा (५,९७५),गोपेन्द्र राज भट्टराई (५,४९६) , दिलुराम पराजुली(५,०९७) र बिकास उप्रेति (४,४३३)विजयी हुनु भएको छ ।

राष्ट्रिय महिला उपाध्यक्षमा भने दिक्षा बस्नेतले बाजी मार्नु भएको छ । ८,२४५ मतले अग्रता लिदै बस्नेतले ६,४६६ मत प्राप्त गर्ने क्रान्ति अर्याल भण्डारीलाई पछि पार्न सफल हुनु भएको हो ।

निर्वाचनले राष्ट्रिय महासचिवमा अन्जन कुमार चौलागाई र खुल्ला राष्ट्रिय सचिवमा अनुप खनाललाई चयन गरेको छ । राष्ट्रिय महिला सचिवमा भने सुनिता सापकोटा कंडेल , राष्ट्रिय कोषाध्यक्षमा राजीव प्रसाद श्रेष्ठ र सह कोषाध्यक्षमा अग्नि प्रसाद ढकाल चयन हुनु भएको छ ।

राष्ट्रिय युवा संयोजकमा त्रिभुवन पाण्डे र राष्ट्रिय महिला संयोजकमा सुन्दरी गुरुङ चयन हुनु भएको छ । त्यसैगरी , १२ राष्ट्रिय बोर्ड सदस्य (बोर्ड अफ डाइरेक्टर) चयनका लागि भएको प्रतिस्पर्धामा ५४ जना उमेदवारहरु चुनावी मैदानमा आमनेसामने भएका थिए । जसमध्य , आशिश संग्रौला, बाला घिमिरे ,बिसाल राना , बिश्वराज बास्तोला , डोलनाथ घिमिरे , दुर्गेश जंग कार्की , ज्ञानेन्द्र गुरुङ , प्रभात राज सापकोटा, प्रकाश श्रेष्ठ , राज ढुंगाना , सन्तोष पहरी र शान्ति पौड्याल बिजयी हुनु भएको छ। क्षेत्रीय समितिको अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा , किरण बहादुर बस्नेत ( मध्य पश्चिम), सम्मर बहादुर बुढाथोकी( उत्तर-पूर्व) , बादल कुमार भुजेल (दक्षिण) र श्रिराम थापा (पश्चिम) चयन हुनु भएको छ । आइसिसि सदस्य पदमा भने अमृतनाथ सापकोटा , बिन्दु निरौला , बिनोद कुमार तिवारी , गोविन्द सुबेदी , नाराणप्रसाद कंडेल , संजय थापा , संजिव कुमार श्रेष्ठ , सुरेन्द्र प्रकाश मल्ल र विष्णु बहादुर शाह बिजयी हुनु भएको छ ।

निर्वाचनको परिणाम सार्वजनिक भए लगतै निरन्तर न्यूजको प्रतिनिधिसंग कुराकानी गर्दै सुवेदीले आफ्नो अमुल्य मतदान गर्नु हुने मतदाताहरुलाई बिशेष धन्यवाद दिनु भएको छ । धन्यवाद दिने क्रममा खुशी ब्यक्त गर्दै उहाँले निर्वाचन सफलताका साथ सम्पन्न अहम भूमिका खेल्ने निर्वाचन आयोग , च्याप्टरदेखि केन्द्रसम्का पूर्व कार्य समितिहरु, सरोकारवालाहरु , सहयोगीहरु र पत्रकारहरुप्रति पनि आभार प्रकट गर्नु भएको छ । आफुसंगै सम्पन्न निर्वाचनबाट निर्वाचित हुनु हुने सबैलाई बधाई दिदै चयन हुन असमर्थ हुनु भएका उमेदवारहरुलाई पनि बिजयी भएको अनुभूति गराउने गरी आफुले भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नु भयो ,’ यो संस्थालाई सबैले अपनत्व ग्रहण गर्न सक्ने गरी , सबैको साँझा बनाउन म हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउदछु । संस्थाको गरीमा बढाउन धेरै महत्वपूर्ण कामहरु गर्नु पर्ने देखिएको भन्दै सुवेदीले चुनावी दौरानमा आफुले देखेको तथा महसुस गरेको र मतदाताहरुबाट प्राप्त गरेको सुझावहरुलाई ब्यवहारमा उतार्न आफु सक्रिय रहने बताउनु भयो । उहाँले भन्नु भयो, ‘ च्याप्टर र केन्द्रका बिच , च्याप्टर-च्याप्टरका बिच र च्याप्टर भित्रै पनि समन्वयको निकै कमी रहेको महसुस गरेको छु । एक आपसमा समन्वय सुमधुर र बलियो बनाउन प्राथमिकताका साथ सबैसंग मिलेर काम गर्नेछु ।’ आफ्नो चयनलाई पदग्रहणको अवसर भन्दा पनि जिम्मेवारी बहनको रुपमा लिएकोले आफ्नो दुई बर्षे कार्यकाल संस्था र संस्थामा आवद्धहरुको भलोका लागि सक्दो फलदायी बताउन प्रयास गर्ने भयो ।

मासाचुसेट्स अध्यक्ष : प्रेम तामाङ

यसै क्रममा , यस निर्वाचनले आगामी कार्यकालका लागि अमेरिकाको विभिन्न राज्यहरुको कार्यसमितिको पनि चयन गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार, मासाचुसेट्स राज्यको नेतृत्वको जिम्मेवारी भने अध्यक्ष पदका प्रत्यासी हुनु भएका प्रेम तामाङले ग्रहण गर्नु भएको छ । गत कार्यकाल (२०१९-२०२१)को अध्यक्ष समेत रहनु भएका तामाङले आफ्ना प्रतिद्वन्द्वी अध्यक्ष पदमा प्रत्यासी हरिप्रसाद काफ्लेलाई पराजित गर्दै च्याप्टरको दोश्रो कार्यकालका लागि पुनः निर्वाचित हुन सफल हुनु भएको हो । च्याप्टरको उपाध्यमा खुम (राजु) गुरुङ , सचिवमा प्रचण्ड श्रेष्ठ , सहसचिवमा सलोनी भण्डारी (निर्बिरोध), कोषाध्यक्षमा अजय कुश्वाह र महिला संयोजकमा अन्जु भट्टराई थापा चयन हुनु भएको छ । त्यसैगरी, सदस्यहरुमा अन्जना घले, कृष्ण बहादुर महत , प्रमिला बन्जरा , रुपक अधिकारी , समुन्द्र कुमार श्रेष्ठ र शिवराज मिश्र निर्वाचित हुनु भएको कुरा निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*