हात मिलाएर आ-आफ्नो बाटो लागौं : डा. बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समयले नयाँ ध्रुविकरण खोजेको भन्दै मान्छे तानातान र किनबेचको तानातान नगरी आ आफ्नो बाटो लाग्ने जसपा नेताहरुलाई प्रस्ताव गरेका छन् ।
जसपा विभाजनको अन्तिम अवस्थामा पुगेको बेलामा अध्यक्ष भट्टराईले नेताहरु तानातानमा नपरी आ-आफ्नो बाटो लागौँ भन्ने प्रस्ताव गरेका हुन् । अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति भएको भन्दै उनले समयले नयाँ ध्रुविकरण खोजेको बताए ।
‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणका निम्ति पुरानो भत्कनैपर्छ ।’ उनले भने, ‘समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रा सँग हुन दिऊँ । हात मिलाएर आ आफ्नो बाटो लागौं । हिडिरहे फेरि भेटहुनेछ ।’