बजेटको समिक्षा गर्दै अर्थ मन्त्रालय,३ बजे पत्रकार सम्मेलन
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएसँगै अर्थमन्त्रालयले त्यसको समिक्षा गर्ने भएको छ ।
आज दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बजेटको समिक्षा गर्न लागेको हो ।
स्वास्थ्य संवेदनशिलतालाई विशेष ध्यान राख्दै कार्यक्रममा क्यामरापर्सन, मल्टिमिडिया पत्रकार र फोटो पत्रकारलाई बोलाइएको छ । अन्य पत्रकारहरुलाई जुम मार्फत जोडिनको लागि अनुरोध मन्त्रालयले गरेको छ ।
त्यसैगरी प्राविधिक पक्षमा समस्या नहोस् भनेर विशेष ध्यान दिने वातावरण मिलाइने मन्त्रालयले जनाएको छ ।
पत्रकार मन्त्रालयमा दिउँसो ३ बजेको लागि बोलाइएको हो ।