विपक्षी गठबन्धनको बैठक सकियाे, के के भयो निर्णय ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ ।
आजको बैठकले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको कदमबारे राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आइतवार (आज) बिहान नेपाली कांग्रेसका नेताहरुसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु देउवा निवास बूढानिलकण्ठ पुगेका थिए ।
आजको बैठकमा सरकारले ल्याएको बजेटको विषयमा समेत समिक्षा भएको थियो । सरकारले पूर्ण बजेट ल्याउन नहुनेमा विधि विपरित बजेट ल्याएको भन्दै त्यसको समेत प्रतिवाद गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।