महन्त र राजेन्द्रसहित ४ नेतालाई २४ घण्टे स्पष्टीकरण

निरन्तर न्यूज
१५ जेष्ठ २०७८, शनिबार १५:२७

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन्। शनिबार अर्का अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधिएको हो। पत्रमा २४ घण्टाभित्र स्पष्टीकरण दिनका लागि भनिएको छ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई-यादव पक्षमा ३० जना रहेका छन्।नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने विवाद हुँदा जसपामा दुई धार देखिएको हो। जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छ भने भट्टराई-यादव पक्ष ओलीको बहिर्गमनको पक्षमा छ।

पार्टीभित्र विवाद भएकै कारण जसपा अध्यक्ष ठाकुरले एकतर्फी रूपमा जेठ ८ गते र ९ गते बोलाइएको कार्यकारिणी समितिको बैठक स्थगित गरेका थिए। तर भट्टराई-यादव पक्षले भने बहुमत सदस्यसहित बैठक सम्पन्न गरेको थियो। बैठक बोलाउने बेलामा भने यादव र ठाकुर दुवै जनाले हस्ताक्षर गरेका थिए।

विघटित प्रतिनिधिसभामा ३२ जना सांसदमध्ये ठाकुर-महतो पक्षसँग २० जना सांसद रहेका छन्। ठाकुर-महतो पक्षको भेलाले वैशाख ३० गते भक्तपुरको एक रिसोर्टबाट महतोलाई संसदीय दलको नेता समेत चयन गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*