राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् : कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था हटाएर देश र जनता बलियो नभएको बताएका छन् ।
गणतन्त्र दिवसको सम्बन्धमा आफ्नो प्रतिक्रिया दिदैँ थापाले १३ बर्ष अघि जेठ १५ को दिन नेपाली राष्ट्रियता र एकताको प्रतिक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिए पनि राजसंस्था हटाएर देश र जनता बलियो भएका नभएको बताएका हुन् । थापाले भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको जिकिर गरे ।
‘१३ बर्ष अघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतिक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो । राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् ।’ थापाले भने, ‘बरू भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ ।’
अध्यक्ष थापाले राजसंस्थासहितको प्रजातन्त्र पुर्नस्थापना बारे पुनर्विचार गर्नुपर्ने पनि बताए ।