सरकारले आर्थिक सर्वेक्षण शुक्रबार र बजेट शनिबार सार्वजनिक गर्ने तय
काठमाडौं । आर्थिक सर्वेक्षण शुक्रबार २ बजे सार्वजनिक हुने अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमै जुमबाट सार्वजनिक गर्ने सो कार्यक्रममा फोटो तथा भिडियोको लागि सिमित पत्रकारले मात्रै प्रवेश पाउने भएका छन् ।
मन्त्रालयका अनुसार बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटारबाटै शनिवार ४ बजे सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिनिधिसभा विघटन भएको अवस्थामा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् ।
सरकारले बजेट पेश गर्नुभन्दा १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिले नीति तथा कार्यक्रमनै सार्वजनिक नगरि बजेट ल्याउन लागिएको छ ।