संसद विघटनविरुद्ध सर्बाेच्चमा परेका १९ रिट प्रधानन्यायाधीशको एकल इजलासमा
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित परेका १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्नो एकल इजलासमा राखेका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्धका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु इन्द्रप्रसाद अर्याल, दीपक राई, राजाराम घिमिरेलगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए । ती रिटहरुको पेसी आजको लागि तोकिएको थियो ।
ती सुनुवाइ अहिले बिहान साढे ११ बजेदेखि प्रधान न्यायाधीशकै बेन्चमा राखेर सुनुवाइ गर्न लागिएको हो । १४६ सांसदहरुले हालेकोसहित बाँकी ११ वटाको हकमा भने भोलि संबैधानिक इजलासले हेर्ने तय भएको हो ।
आजको पेशीबाट भोलिकोमा एकमुष्ट लगाउ राख्ने या सरकार र राष्ट्रपतिका नाममा केही आदेश जारी हुनसक्ने सम्भावना छ ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक तनाव चुलिएको छ ।