अब एमालेमा ओलीका दासहरु मात्र बाँकी : नेतृ खनाल

निरन्तर न्यूज
११ जेष्ठ २०७८, मंगलवार १७:२१

काठमाडौं । नेकपा एमालेबाट साधारण सदस्य समेत खोसिएकी नेतृ कलिला खानले केही नेतालाई कारबाहीपछि एमाले केपी ओलीको भारदारी सभामा परिणत हुने बताएकी छिन् । एमालेको स्थायी समिति बैठकले ११ सांसदलाई कारबाही गरेपछि नेतृ खानको यस्तो प्रतिक्रिया आएको हो ।

उनले सोमबार राति सामाजि सञ्जालमा एक सन्देश जारी गर्दै कारबाही गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएकी छिन् । ‘प्रधानमन्त्रीलाई भोट नहालेको भनी कारबाही गर्नु भएकोमा धन्यवाद छ काम चलाउ प्रधानमन्त्री,’ उनले भनेकी छिन् ।

खानले अगाडि लेखेकी छिन्, ‘ओलीले अझै १-२ लटलाई कारबाही गर्न बाँकी छ । होला त्यसपछि एमाले ओलीको भारदारी सभामा परिणत हुनेछ, जहाँ माथि खड्ग ओली महाराजको सिंहासन हुने छन् र तल उनको जयजयकार गर्ने उनका दासहरु मात्र बाँकी रहनेछन् ।’

अब एमालेमा विचारभन्दा हुकुमी शासन चल्ने उनको तर्क छ । ‘त्यहाँ विचार हैन हुकुमी शासन चल्ने छ,’ उनले लेखेकी छिन्, ‘ओली बाले जे बोल्छन् त्यो पार्टीको निर्णय हुनेछ । आदेश पालकहरु जी हजुरी गर्दै शीर निहुराएर हात जोड्दै थरथर काँप्दै आदेश कुरेर बसिरहेका हुनेछन् ।’

उनले कारबाहीपछि आफू यस्ता झन्झटबाट मुक्त भएको तर्क गरेकी छि

न् । ‘त्यहाँ विचार शून्य हुनेछ, बहस हुने छैन । केवल ओलीले आदेश दिनेछन्, मालिकले जे आदेश दिन्छन् दासहरुले त्यही बोल्नेछन्, ताली पिट्नेछन् । यो झन्झटबाट मुक्त भएकोमा केही गुनासो रतिभर छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*