मध्यरातमा चोलेन्द्र-ओलीकाे भेटले लोकतन्त्र मास्‍ने खेल नहोस् : बाबुराम भट्टराई

निरन्तर न्यूज
११ जेष्ठ २०७८, मंगलवार ०८:३४

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मध्यरातको समयमा प्रधानन्यायधीश र प्रधानमन्त्रीबीच भेट हुनेजस्ता गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको प्रतिक्रिया दिएका छन् ।

विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट निवेदन गरेकै दिन प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले प्रधानमनन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर भेटेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान र लोकतन्त्र्र मास्‍ने फोहोरी खेल नखेल्न चेतावनी पनि दिएका छन् ।

प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने,विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रकालागि शुभसंकेत हैनन्! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम/नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!

विपक्षी गठबन्धनका १ सय ४६ सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानन्याधीश स्रोतहरुका अनुसार, प्रधामन्त्री ओलीले भेटमा आफूलाई बदलिँदो अवस्थामा सहयोग गर्न राणासँग आग्रह गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*