प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जना नेताहरुलाई निष्कासन गरेको हो । यसअघि शनिबारको बैठकले उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो । तर उनीहरुले स्पष्टीकरण दिएका थिएनन् ।
निष्काशनमा पर्नेहरुमा झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरू रहेका छन् ।
बाँकी १२ जना नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र राजबहादुर बुढा भने हस्ताक्षर नगरेर पछि हटेका छन् । तर अघिल्लो पटक हस्ताक्षर नगरेकी कलिला खातुनले भने अन्तिम समयमा आएर नेपाललाई साथ दिएकी छिन् ।