राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
हेटाैँडा । प्रधानमन्त्री केपि शर्मा ओली र रास्ट्रपति बिद्या देवी भण्डारीले गरेको असंबैधानिक कदम बिरुद्द हेटाैँडामा पनि पुत्ला दहन गरिएकाे छ ।
नेपाल तरुण दल हेटौंडा नगर समिती र वाइ सि एल मकवानपुरले हेटाैँडाकाे चाेकमा प्रधानमन्त्री र रास्ट्रपतिको पुत्ला दहन गरेको हो ।
हेटौंडा उपमहानगरपालिका ४ सितलमहल चोकमा युवाहरुले पुत्ला जलाएका छन् । देश कोरना महामारिमा थलिएको बेला प्रधानमन्त्री र रास्ट्रपतिले संसद विघटन गरीअसंबैधानिक कदम चालेको र देश र जनताको भावनामाथि खेलवाड गरेको भन्दै नारा जुलुससहित युवाहरुले पुत्ला जलाएका हुन् ।
तरुणदल नगर सभापती सुनिल गिरी, वाइसिएल मकवानपुरका लबराज ठकुरी, अविरल गजुरेललगायतको उपस्थितिमा केपी ओलि मुर्दाबाद, प्रधानमन्त्री राजिनामा दे जस्ता नारा लगाउदै युवाहरुले पुत्ला जलाएका थिए ।
पुत्ला दहन कार्यक्रममा नेपाल तरुण दल नगर उपाध्यक्ष भुपेन्द्र अधिकारी, सन्जय पाठक, तरुण ५ नम्बर अध्यक्ष रबि थापा, तरुण नगर सचिव हेमन्त थापा, तरुण जिल्ला सदस्य बिक्रम खड्गीलगायत सहभागी थिए ।