माधव, झलनाथसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमाले निर्णय

निरन्तर न्यूज
८ जेष्ठ २०७८, शनिबार १९:१२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले माधवकुमार नेपाल, भीम रावलसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमाले स्थायी कमिटी बैठकले उनीहरुलाई स्पष्टिकरण साेध्ने निर्णय गरेकाे प्रवक्ता ज्ञवालीले बताए ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए ।

“कतिले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनुभएको छ,” ज्ञवालीले भने, “माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने वातावरण बन्यो समर्थन गर्नुस् भनेर हस्ताक्षर गरेका हौँ । शेरबहादुर देउवालाई समर्थन छैन भनेर कतिले भन्नुभएको छ त्यसैले अहिले ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हाैँ ।”

स्पष्टीकरण सोधिएका सांसदहरूमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, लक्ष्मी चौधरी, मुकुन्द न्यौपानेसहित ११ सांसद रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*