राष्ट्रपतिलाई देउवाले ‘तिमी’ भनेको भन्दै ओलीकाे आपत्ति

निरन्तर न्यूज
८ जेष्ठ २०७८, शनिबार १७:२९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका छन् ।

बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ ।’

‘आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने त्यो सम्मान गर्नु हुँदैन भन्ने छ । तपाईँ पनि भन्नुहुँदैन राष्ट्रप्रमुखलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छ । अरुलाई तँ, तिमी भन्नु बहादुरी ठान्छ । मलाई अरु त चलेकै थियो, नेपाली कांग्रेसका सभापतिको पनि त्यसस्तरको भाषा देखेपछि गणतन्त्रलाई खुईल्याउने अभियानको गहिराई र व्यापकता कहाँसम्म पुगेको छ भन्ने कुरा चाहीँ अचम्म लाग्यो ।’ उनले भने

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*