संसद विघटन र मध्यावधिपछि विप्लवले भने ‘जनमत संग्रह’

निरन्तर न्यूज
८ जेष्ठ २०७८, शनिबार १५:५७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले प्रतिनिधि सभा विघटन र मध्यावधी निर्वाचनका बारेमा पार्टीको धारणा सार्वजनिक गरेको छ ।

शनिवार (आज) एक विज्ञप्ति जारी गर्दै विप्लव समूहका महासचिव नेत्र विक्रम चन्द विप्लवले आफूहरुले २०७३ सालदेखि नै संसदीय व्यवस्था सफल नहुने दाबी गरेको बताए ।

२०७३ साल देखि संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन र सफल हुँदैन भन्ने पार्टीको निष्कर्ष सहि सावित भएको बताए ।

‘२०७३ साल देखि दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन, यो सफल हुँदैन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही सावित भएको छ ।’ विप्लवद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

दुई तिहाई बहुमत सहितको प्रधानमन्त्रीले देश चलाउन नसक्नु र बाध्य भएर मध्यावधी निर्वाचनमा जानु सत्ता र व्यवस्थाको संकट मात्रै नभएर मुलुकलाई ठूलो अन्तरविरोधमा धकेल्ने काम हुने विप्लव समूहको निष्कर्ष रहेको छ ।

शान्ति, स्थिरता एवं संमृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानु पर्ने बाध्यता आएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्था कै समस्या हो ।’ जारी गरिएको विज्ञप्तिमा भनिएको छ । ‘यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरी पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र हुन्छ ।’

संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणाबारे वक्तव्य

आज राति १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले संसद् विघटन गरेर कार्तिक २६ र मंसिर ३मा मध्यावधि चुनावको घोषणा गरेका छन् । संसद् विघटन र मध्यवधि चुनावको विषय राष्ट्रिय महत्वको विषय भएकोले हामी आफ्नो धारणा सार्वजनिक गर्न चाहन्छौं ।

१) २०७३ साल देखि दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन, यो सफल हुँदैन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही सावित भएको छ ।

२) शान्ति, स्थिरता एवं संमृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानु पर्ने बाध्यता आएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्था कै समस्या हो । यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरी पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र हुन्छ ।

३) दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्थाको संकटको निकास निर्विकल्प रुपले वैज्ञानिक समाजवाद मात्र हुन सक्छ भन्ने हाम्रो विचार सही सावित भएको छ । यो आज पार्टीको मत जनताको माग र चाहनासँग जोडिएको छ ।

४) राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नु पर्छ । त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद या दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्धारा जनतालाई प्रदान गर्नु पर्छ । यदि जनमत संग्रहका लागि राजनैतिक पार्र्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी सयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौं ।

५) जनमत संग्रहको निकास कुनै पार्टी विशेषको विषय नभएर देश र जनताको लागि दीर्घ शान्ति, स्थिरता, स्वाधीनता एवं संमृद्धिसँग जोडिएको विषय भएकोले यसको पक्षमा एकताबद्ध भएर उत्रिन हामी सबै प्रगतिशील, देशभक्त, वामपन्थी, कम्युनिष्ट पार्टी, सहिद तथा वेपत्ता योद्धा परिवार, घाइते योद्धा, मजदूर, किसान, महिला, दलित, जनजाति, युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षक, वकिल,पत्रकार साथै पार्र्टीका नेता–कार्यकर्तालाई विशेष अपिल गर्दछौं । धन्यवाद !
विप्लव
मिति २०७८ जेठ ८ महासचिव
नेपाल कम्युनिष्ट पार्टी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*