संसद विघटनपछि पूर्वराजाकाे सन्देश : जनताले कहिल्यै क्षमा गर्ने छैनन्
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा नगर्ने प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा दोस्रोपटक संसद विघटन गरेपछि पूर्वराजा शाहले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन् । उनले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गरेको बताएका छन् ।
उनले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन् ।
‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्,’ पूर्व राजा ज्ञानेन्द्रले शनिबार एक ट्वीट सन्देशमा लेखेका छन् ।