विपक्षी गठबन्धनले कानुनी र राजनीतिक लडाई लड्ने (बिज्ञप्तीसहित)

निरन्तर न्यूज
८ जेष्ठ २०७८, शनिबार १५:३०

काठमाण्डाैँ । गएराति राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेको विषयलाई ५ दलीय गठबन्धनले असंवैधानिक कदम भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने घोषणा गरेको छ । शनिबार राजधानीमा बसेको गठबन्धनको संयुक्त बैठक सो कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने उद्घोष समेत गरेको छ ।

गठबन्धनको बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यप्रति घोर भर्त्सना र निन्दा गरिएको छ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीको दावीसहित १४९ सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले मान्यता नदिएको भन्दै बैठकले आपत्ति समेत जनाएको छ ।

संयुक्त प्रेस बक्तब्य

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*