राष्ट्रपतिले दिएको समयमा ओली र देउवाको प्रधानमन्त्रीमा दावी

निरन्तर न्यूज
७ जेष्ठ २०७८, शुक्रबार १७:४६

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री दावी गर्न दिएको समय सकिएको छ । उनले विहीबार २१ घण्टाभित्र प्रधानमन्त्रीमा दावी गर्न समय दिएकी थिइन् ।

शुक्रवार ५ बजेसम्मको समय दिइएकोमा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दावी पेश गरेका छन् ।

देउवाले माओवादी, उपेन्द्र यादव पक्ष र माधव नेपाल समूहका सांसद सहित १४९ को दावी पेश गरेका छन् । उता, जसपाका सांसदसहित ओलीले १५३ संसदको समर्थन भएको दावी पेश गरेका छन् ।

राष्ट्रपति भण्डारीले हेरेर काम गर्ने प्रतिक्रिया दिएको विपक्षी गठबन्धनका नेताहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*