शीतलनिवासबाट बाबुराम कड्किए : प्रधानमन्त्री नियुक्ति प्रस्ताव जालझेल गरि टार्ने ठाउँ छैन
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विपक्षी गठबन्धनले बहुमत पुर्याएपछि अझै षड्यन्त्र हुनसक्ने संकेत गरेका छन् ।
बहुमतको सरकार दावी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित शीतल निवासमा रहेका भट्टराईले अझै षड्यन्त्र हुनसक्ने भन्दै सबैलाई सचेत रहन अपिल गरेका हुन् । ‘धारा ७६ (२) बमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्तिका निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु/जालझेल गरी टार्ने ठाउँ छैन,’ उनले शीतल निवासबाटै लेखेका छन् ।
उनले अगाडि थपेका छन्, ‘खुराफात शीरोमणिहरूले पुन:जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी/प्रतिवाद गर्नुपर्छ है ।’
विपक्षी गठबन्धनका नेताहरु पुग्नुभन्दा केही अगाडि नै प्रधानमन्त्री केपी ओली शीतल निवास पुगेर फर्किइसकेका छन् ।