राष्ट्रपति भवनबाट बाहिरीए ओली
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवनबाट बाहिरिएका छन् । उनी विपक्षी गठबन्धनका नेताहरुभन्दा केही समय अगाडि शीतल निवास छिरेका थिए ।
विपक्षी गठबन्धनले बहुमत जुटाएपछि उनी शीतलनिवास गएका हुन् । ओलीले राष्ट्रपति भण्डारीसँग झण्डै आधा घण्टा बिताएर बाहिरिएका हुन् ।
यसक्रममा उनले बहुमतको सरकारको दावी गरे कि गरेनन् भन्ने खुलेको छैन । ओली निकट एक सांसदले प्रधानमन्त्री सरकारको नेतृत्व दावी गर्न पुगेको हुनुपर्ने बताए पनि यसबारे केही पनि खुलेको छैन ।
यसैबीच, जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकेको बताइएको छ ।