महाअभियोग प्रस्तावबाट राष्ट्रपतिलाई हटाऔँ : तरुण दल

निरन्तर न्यूज
७ जेष्ठ २०७८, शुक्रबार १०:३५

काठमाण्ढाैँ ।  नेपाल तरुण दलले राष्ट्रपतिले नया सरकार गठनको लागि आव्हान गरेको निर्णय प्रति गम्भीर आपत्ति जनाउदै विरोध गरेको छ ।

नेपाल तरुण दल केन्द्रिय समितिले एक प्रेस विज्ञप्ती जारि गर्दै संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत रहेको तरुण दलले ठहर गरेको छ ।

यस्तै तरुण दलले संविधान विरुद्ध राष्ट्रपतिद्वारा फेरी घात भएको र यो संविधान विरुद्धको अपराध भएको समेत बताएको छ । विज्ञप्तीमा सम्माननिय राष्ट्रपति ज्युको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको आरोप समेत तरुण दलले लगाएको छ ।

साथै तरुण दलले जति सक्दो छिटो राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि जोडदार माग समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*