महन्थ ठाकुरले बोलाए आफुपक्षीय सांसदहरुको बैठक

निरन्तर न्यूज
७ जेष्ठ २०७८, शुक्रबार १०:२८

काठमाडौं । जनता समाजवादी पार्टीका कार्यकारीणी अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुको मात्र बैठक बोलाएका छन् ।

बैठक बिहान १०/११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको बताइएपनि यसबारे आफुहरुलाई जानकारी नभएकाे बाबुराम-उपेनद्रका एक सांसदले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि बसेको महन्थ ठाकुर पक्षधर सांसदहरुको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

सांसदरहरुकाे बैठक डाक्नु र आफुनिकटलाई मात्र डाक्नु राम्राे संकेत नभएकाे जसपाका एक नेताले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*