दोस्रो एकदिवसीय क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध स्कटल्यान्डकाे जीत
काठमाडौं। नेदरल्यान्ड्स भ्रमणमा रहेको स्कटल्यान्ड क्रिकेट टोलीले दोस्रो एकदिवसीय क्रिकेटमा जीत निकालेको छ । पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा स्कटल्यान्डले ६ विकेटको जीत हासिल गरेको हो ।
नेदरल्यान्ड्सले दिएको १७३ रनको मध्यम लक्ष्य स्कटल्यान्डले ४२.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । स्कटल्यान्डका लागि जर्ज मन्सेले अविजित ७९ रनको पारी खेले । त्यसैगरी ड्यान बड्ज पनि ४० रनमा अविजित रहे । यी दुईबीच पाँचौं विकेटका लागि १०६ रनको साझेदारी भएको थियो ।
६६ रनमा ४ विकेट गुमाएपछि यी दुई टोली मिलेर टोलीको संकट टारेका थिए । नेदरल्यान्ड्सका भिभियन किङ्माले २ तथा पल भान मिकेरन र फिलिप बोसेभनले १-१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४८.४ ओभरमा १७१ रनमा अलआउट भएको थियो । उसका लागि स्कट एडवार्ड्सले ५६ तथा स्टेभन माइबर्घले ४० रन बनाए । कप्तान पिटर सिलारले २१ रन बनाए । स्कटल्यान्डका अलेस्डर इभान्सले ५ तथा आड्रियन निल, गाभिन मेन, माइकल लिस्क र रिची बेरिङटनले १-१ विकेट लिए ।