देउवा निवासमा काँग्रेसकाे आकस्मिक बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेका छन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाको निजी निवासमा बिहान ९ बजे बैठक बोलाइएको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । प्रधानमन्त्रीले विश्वासको मत नलिइ र राजीनामा पनि नदिई राष्ट्रपति विद्या भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि कांग्रेसले यसको विरोध गर्दै आइरहेको छ ।
कांग्रेसले राष्ट्रपतिको कदम नेपालको संविधान विपरित र अलोकतान्त्रिक रहेको ठहर गरेको छ ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई जम्मा २१ घण्टा समय दिएपछि उनको झन आलोचना भएको छ ।