राष्ट्रियसभा उपनिर्वाचनमा १० जनाले भाेट हालेनन् (नामसहित )

निरन्तर न्यूज
६ जेष्ठ २०७८, बिहीबार १६:११

हेटाैँडा । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा स्थित भुटनदेविमा माविमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सम्पन्न भएसँगै कुल ३४८ मतदाता रहेकाे निर्वाचनमा  ३ सय ३७ मात्र मत खसेकाे छ ।

२३८ स्थानीय र ११० प्रदेश सभासहित ३४८ मतदाता रहेकाे निर्वाचनमा प्रदेश सभा सदस्य पशुपति चाैलागाईकाे निधन भएपछि प्रदेश सभा सदस्य १०९ रहेकाे छ । यस मध्ये ३३७ मात्र मत खसेकाे निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश सभा सदस्यमा १ सय ५ जना र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा २ सय ३२ जना गरी ३ सय ३७ जनाले मतदान गरेकाे आयोगले जनाएको छ । उपनिर्वाचनमा प्रदेश सदस्य र अध्यक्ष/उपाध्यक्ष गरी १० जनाले मत दिएनन् ।

उपनिर्वाचनमा मत नहाल्ने ४ जना प्रदेश सभा सदस्यहरुः

हिमाली गोले (माओवादी केन्द्र)
रमेश पौडेल (विवेकशील साझा पार्टी)
बिराज भक्त श्रेष्ठ (विवेकशील साझा पार्टी)
शोभा शाक्य (विवेकशील साझा पार्टी)

उपनिर्वाचनमा मत नहाल्ने ६  स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु

निमा ग्याल्जेन शेर्पा,अध्यक्ष हेलम्बु गाउँपालिका
कोपलिा पण्डित,उपाध्यक्ष हेलम्बु गाउँपालिका
सुनिल प्रजापति,नगर प्रमुख भक्तपुर नगरपालिका
रण बहादुर तामाङ अध्यक्ष खनियाबास गाउँपालिका
युधिष्ठिर खड्का अध्यक्ष विगु गाउँपालिका
कल्पना भण्डारी उपाध्यक्ष,मेलुङ गाउँपालिका

बागमती प्रदेशमा रिक्त राष्ट्रियसभामा उपनिर्वाचन ३ जनाको उम्मेद्वारी रहेको छ ।

एमालेबाट गृहमन्त्री रामबहादुर थापा मगर,नेमकिपाबाट कृष्णबहादुर तामाङ र स्वतन्त्रबाट खिमलाल देवकोटा रहेका छन् ।

राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका गृहमन्त्री थापालाई सूर्य चिन्ह, नेमकिपाका उम्मेदवार तामाङलाई मादल चिन्ह र काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डाक्टर खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह रहेको थियो । आवश्यक प्रक्रिया पुरा गरे पश्चात् केहि समयमै  मतगणना सुरु हुने र मत परिणाम आज साँझसम्म सार्वजनिक हुने आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*