राष्ट्रियसभा उप-निर्वाचनको मतदान सकियो, ३३७ मत खस्याे

निरन्तर न्यूज
६ जेष्ठ २०७८, बिहीबार १५:४५

हेटौंडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान आज हेटौंडामा भईरहेको छ । हेटौंडा-४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान दिउँसो ३ बजे मतदान सकिएको हो ।

विहान ९ बजेदेखि शुरू भएको मतदानमा १०५ प्रदेश सदस्य र २३२ प्रमुख र उप-प्रमुख गरी ३३७  जनाले मतदान गरेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य रामबहादुर थापाले दल परिवर्तन गरेपछि रिक्त पदमा थापा आफैं, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङले उम्मेदवारी दिनु भएको छ ।

निर्वाचनमा बागमती प्रदेशका १ सय १० सांसद र  १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् । ३ भाेट रहेकाे साझा विवेकशीलले नाे भाेट भनेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*