आज हेटाैँडाकाे भुटनदेवी स्कुलमा राष्ट्रियसभा उपनिर्वाचनकाे मतदान हुँदै
हेटाैँडा । वाग्मती प्रदेशकाे राजधानी हेटाैँडाकाे भुटनदेवी माध्यमिक विद्यालमा आज रिक्त राष्ट्रियसभा सदस्य पदकाे लागि निर्वाचन हुँदैछ ।
हेटाैँडा उपमहानगर ४ मा रहेकाे भुटनदेवी माबिमा ३ वटा केन्द्र बनाएर आज बिहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
मतदान केन्द्रमा प्रदेशसभा सदस्य, नगर/गाउँपालिकाका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र कोराेना भाइरस संक्रमित भएका मतदाताहरुका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था गरिएकाे प्रदेश निर्वाचन कार्यालयका अधिकृत गाेबिन्द पाैडेलले जानकारी दिए ।
नेकपा एमालेकाे तर्फबाट गूहमन्त्री राम बहादुर थापा,पाल मजदुर किसान पार्टीकाे तर्फबाट कृष्ण बहादुर तामाङ र स्वतन्त्रबाट खिमलाल देवकोटा उम्मेदवार रहेका छन् । सुर्य चिन्ह लिए थापा, कलम चिन्ह पाएका देवकाेटा र मादल चिन्हका तामाङ बीच प्रतिष्पर्दा हुनेछ ।
आज हुने निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका ११९ वटा स्थानीयका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ जना मतदाता गरी कुल ३४८ मतदाता कायम रहेको र एक जना प्रदेश सभा सदस्यकाे निधन भएकाेले कुल ३४७ मतदाता रहेकाे निर्वाचन अधिकृत पाैडेलले जानकारी दिए ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरुप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन कार्यालयले सबैमा अनुराेध गरेकाे छ ।
उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित आफु निर्वाचित भएको प्रमाणपत्रका मतदान गर्न सकिने कार्यालयले जनाएकाे छ । यसका लागि केही समय अगाडी निर्वाचन आयाेगले हेटाैँडामा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन, निर्वाचन अधिकृतकाे कार्यालय सन्चालन गरि आफ्नाे तयारी गरिरहेकाे थियाे ।