देवकोटालाई मतदाताले स्वविवेक प्रयोग गरून् : माधव नेपाल
काठमाडाैं । नेकपा एमालेका नेता माधव नेपालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार डा खिमलाल देवकोटालाई मत हाल्ने सन्दर्भमा आफ्नो स्वविवेक प्रयोग गर्न आग्रह गरेका छन् । उनले नेकपा एमालेका आफ्ना पक्षका मतदातालाई स्वविवेक प्रयोग गर्न आग्रह गरेका हुन् ।
मंगलबार साँझ नेता नेपालको सचिवालयले एक विज्ञप्ति निकालेर देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् । मंगलबार दिउँसो रामबहादुर थापा बादल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । उनीहरुको भेटपछि विभिन्न प्रकारका समाचार बाहिरिएकोले नेपालले सचिवालयले यस्तो विज्ञप्ति जारी गरेको हो ।।बागमती प्रदेशतर्फ राष्ट्रिय सभामा बादलसँग नेपाल सूमहका डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन् ।
६ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न थापाले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई आग्रह गरेका थिए । भेटमा नेपाललाई बादलले मतदातालाई स्वविवेक प्रयोग गर्न आह्वान गर्न आग्रह गरेका थिए ।
नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएका नेपाल सचिवालयले जनाएको छ । यस्तो अवस्थामा अन्यथा गर्न नसक्ने नेपालले स्पष्ट पारेका छन् ।
त्यसपछि थापाले नै मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेका सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ। मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति भएको र कतिपय स्थान एवं मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति नभएको पनि सचिवालयले जनाएको छ।