प्यालेस्टाइनस्थित अल जजिरा र एपीको अफिस क्षेप्यास्त्र प्रहार गरि ध्वस्त
एजेन्सी । प्यालेस्टाइनकाे गाजा क्षेत्रकाे अल जलाला टावरमा रहेकाे अल जजिरा मिडिया नेटवर्क र एसोसियट प्रेसको कार्यालयलाई इजरायली सेनाले क्षेप्यास्त्र प्रहार गरि ढलाएकाे छ ।
एघार तल्लाकाे उक्त टावरमा मिडियाका अफिसका अतिरिक्त करिब ६० वटा आवासीय अपार्टमेन्ट समेत रहेकाे थियाे ।
प्यालेस्टाइनी फ्रिलान्स पत्रकार युम्ना अल सइद त्यही भवनमा रहेकाे बताइन् । सेनाले १ घण्टामा घर खालि गर्न भनेकाे थियाे । तर त्यति समय उपयुक्त नभएकाेले सेनासँग क्यामरासहित धेरै सरसामान निकाल्न थप १५ मिनेटकाे समय मागियाे । तर इजरायली सेनाले अब समय पाइँदैन भनेर इजरायली अधिकारीले जवाफ दिए ।
यसैमा ठिक ३ः१२ बजे सो घरमा पहिलो इजरायली क्षेप्यास्त्र आक्रमण भयो। तीन वटा क्षेप्यास्त्र लागेसँगै पाँचै मिनेटमा घर ढल्यो।
अलजजिराले यसरी समाचार लेखेकाे छ । प्यालेस्टाइनमा रहेकाे अल जजिरा र एपीकाे कार्यालय ध्वस्त
BREAKING NEWS: Israeli air strike flattens media building with our @AlJazeera and AP offices .. we are watching it live as it unfolds. Beyond SHOCKED!!! No words. pic.twitter.com/PnIQXCap6Z
— Sara Khairat | سارة خيرت (@sarakhairat) May 15, 2021