इजरायल–प्यालेस्टाइन द्वन्द्वमा १८८ जनाकाे मृत्यु

निरन्तर न्यूज
३ जेष्ठ २०७८, सोमबार ०८:५३

काठमाडौं। इजरायल–प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको संख्या १८८ पुगेको छ। गाजा (एएनआई)– इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको हो।

प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व सोमबार आठौँ दिनमा प्रवेश गरेको छ। मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टिनी घाइते भएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ। गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ।

इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ। सेनाले प्यालेष्टिनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*