प्रधानमन्त्रीले पुन: सपथ ग्रहण गर्नुपर्छ : जनता समाजवादी पार्टी

निरन्तर न्यूज
२ जेष्ठ २०७८, आईतवार २१:०७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार सपथ ग्रहणको क्रममा उच्चरण गरेको वाक्यांशप्रति आपत्ती जनाउँदै पुनः सपथ ग्रहण गराउन माग गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले पदको मर्यादा र गरिमालाई गम्भीर आँच पुगेको भन्दै जसपाले पुनः सपथ ग्रहणको माग गरेको हो ।

आज एक विज्ञप्ति जारी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले पुनः सपथ ग्रहणको मागसहित विभिन्न मागहरु समेत राखेका छन् । ‘२०७८ वैशाख ३१ गते सम्मानीय प्रधानमन्त्रीको सपथ ग्रहणमा सम्मानीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ‘सत्य निष्ठापूर्वक त्यो पर्दैन’ भनेर सपथग्रहण गरेकोले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आंच पुगेको हुँदा उक्त सपथ ग्रहण वदर गरी पुनः सपथ ग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै जसपाले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा लाग्न सरकारसँग माग समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*