काँग्रेसको ३२ जिल्लाबाट क्रियाशील सदस्यता इन्ट्री हुन सकेन
काठमाडाैं । नेपाली काँग्रेसले आसन्न महाधिवेशनका लागि निर्धारण गरेको समयमा ३२ जिल्लाबाट क्रियाशील सदस्यता ‘इन्ट्री’ हुन सकेको छैन । वैशाख मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणका लागि छुट्याइएको समयावधिमा ४५ जिल्लाबाट मात्रै सदस्यको नामावली सूचीकृत भएको छ ।
हालसम्म सात लाख ५५ हजार क्रियाशील सदस्यको नामावली सूचीकृत गरिएको काँग्रेसले जनाएको छ । क्रियाशील सदस्य टुंग्याउन बाँकी रहेका सबैभन्दा धेरै स्थान प्रदेश २ का छन् । प्रदेश २ का आठवटै जिल्लाले क्रियाशील सदस्यता टुंग्याएर नामावली पठाउन सकेका छैनन् । क्रियाशील र नवीकरण गरी ४५ जिल्लाका ८० स्थानबाट सदस्यको नामावली केन्द्रमा आएको नेपाली काँग्रेसले जानकारी दिएको छ ।
४५ जिल्लामा पनि कतिपयले नयाँ क्रियाशील सदस्यको नाम सूचीकृत गर्न सकेका छैनन् ।