जनतालाई बैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु बिडम्बनापूर्ण : बाबुराम भट्टराई
काठमाण्डाैँँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जनतालाई काेराेना आतंकबाट राहत दिनसक्ने बैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु बिडम्बनापूर्ण भएकाे बताएका छन् ।
प्रतिपक्षी दलहरुले बहुमत पुर्याउन नसक्दा केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त हुने भएपछि पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमा यस्ताे लेखेका हुन् ।
जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्।अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं!
— Baburam Bhattarai (@brb1954) May 13, 2021