बैठक भन्दै बाेलाइएका सांसदहरु अन्तत: भक्तपुर रिसाेर्टमा
काठमाण्डाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महत्ताेले आफु निकट सांसदहरुलाई पार्टी कार्यालयमा बाेलाइएकाे भएपनि हाल उनीहरु भक्तपुर रिसाेर्टमा पुगेकाे बताइएकाे छ ।
कांग्रेस सभापति शेर वहादुर देउवासँग भेटेर आएपछि नेताहरु ठाकुर र महत्ताेले आफु निकट सांसदहरुलाई भक्तपुर रिसाेर्ट पुर्याएकाे श्राेतले जानकारी दिएकाे छ ।
ठाकुर र महत्ताे ओलट्ठ सरकारकाे बिकल्प नखाेज्ने बताउँदै आएका छन् । यसै सन्दर्भमा सांसदहरुलाई अरुकाे पक्षमा जानबाट राेक्न रिसाेर्टमा बाेलाइएकाे र त्यहाँ १३ जना सांसद रहेकाे जसपाका एक नेताले दाबी गरे । उनले याे पार्टीकाे नीति र विपरीत भएकाे बताए ।
आज बेलुका ९ बजे राष्ट्रपति बिद्यादेवी भण्डारीले दलहरुलाई बहुमतीय सरकार बनाउने समय सिमा ताेकेर आव्हान गरेकि थिइन् ।