देउवासँगै भेटे लगत्तै महन्त-राजेन्द्र आफुनिकटबीच छलफलमा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफ्ना पक्षका नेता तथा सांसदहरुसँग छलफलमा जुटेका छन् ।
श्राेतका अनुसार देउवासँग सहमति नबनेपछि आफू निकट नेताहरुसँग देउवसँग भएका छलफलका बारेमा जानकारी गराउन लागेकाे बुझिएाकाे छ ।
यद्यपी अहिलेसम्म देउवासँग बुढानिलकण्ठमा भएको भेटवार्तामा के कुरा भयो भन्नेबारे दुवै पक्षले केहि सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।
बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज साँझ सकिने दिन भएकाेले ठाकुर र महत्ताेकाे नेता भेटघाट अर्थपूर्ण रहेकाे छ ।