फाइनलका लागि काठमाडौं र ललितपुर भिड्दै : नेपाल सुपर लिग

निरन्तर न्यूज
३० बैशाख २०७८, बिहीबार ०७:५२

काठमाडौं, ३० वैशाख । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलअन्तर्गत आज दोस्रो क्‍वालिफयर खेल हुँदै छ । जसअन्तर्गत ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुने छ ।

खेल नेपाली समयअनुसार साँझ ५:३० बजेदेखि दशरथ रङ्गशालामा सुरु हुनेछ । यी दुई टोली क्रमशः पहिलो र तेस्रो स्थानमा रहँदै प्लेअफका लागि छनौट भएका थिए ।

ललितपुरको कप्तान अञ्‍जन विष्‍ट रहेका छन् भने काठमाडौंका कप्तान गोलरक्षक विकेश कुथु रहेका छन् । यस खेलमा पराजित हुने टोली बाहिरिनेछ भने विजेताले फाइनलमा धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौं पहिलो क्‍वालिफायरमा धनगढीसँग पराजित भएपनि उसलाई फाइनलमा पुग्‍ने अर्को अवसर रहेको छ । त्यसैगरी ललितपुर भने हिजोको इलिमिनेटर खेलमा बुटवल लुम्बिनीलाई १-० ले हराउँदै क्‍वालिफायरमा पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*