अन्तत पुन मुख्यमन्त्री बनेका गुरुङले लिए सपथ
पोखरा । अन्तत गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पद तथा गाेपनियताकाे सपथ लिएका छन् ।
मुख्यमन्त्री नियुक्त भएकाे केही घण्टा भित्रै गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले आज बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकाे समय बितेसँग संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।
अब मुख्यमन्त्री गुरुङलाई कानूनी हिसाबले एक महिनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।