बालुवाटार र शीतलनिवासकाे दाैडधुप सकेर ठाकुर र महतो बालकुमारी बैठकमा
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पार्टी कार्यालय बालकुमारी पुगेका छन् ।
यसअघि नेताद्वय बालुवाटारमा प्रधानमन्त्री ओलीसँग साढे तीन घण्टा बिताएर राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । शितलनिवासमा उनीहरुले उपेन्द्र यादवको हस्ताक्षरलाई मान्यता नदिन र पार्टीभित्र आफू मात्रै आधिकारिक पात्र भएको भन्दै पत्र बुझाएको शीतलनिवास स्रोतले जनाएको छ ।
महतो र ठाकुरको दौडधुप चलिरहँदा एमालेभित्र माधव नेपाल समूहले राजीनामा दिने निर्णय गरिसकेका छन् । यो अवस्थामा जसपामा पूर्वराजपा समूहको सक्रियता व्यर्थ हुने भएको छ ।
अहिले नेताद्वय बालुवाटार र शीतलनिवाससँग सल्लाह गरेर जसपा केन्द्रीय मुख्यालय बालकुमारी पुगेका हुन् । त्यहाँ बैठकमा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी सदस्यहरु राजेन्द्र श्रेष्ठ, वरिष्ठ नेता अशोक राईलगायत झण्डै एक दर्जन नेताहरुको सहभागिता छ ।