प्रधानमन्त्री ओलीलाई ४ कारणसहित बिदाई गर्न पूर्वप्रधानमन्त्री भट्टराईकाे जाेड

निरन्तर न्यूज
२७ बैशाख २०७८, सोमबार १०:४०

काठमाण्डाैँ । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई ४ वटा कारण सहित आजै बिदाइ गर्नुपर्ने बताएका छन् ।

ओलीले आज (सोमबार) दिउँसो १ बजे संघीय संसदमा विश्वसको मत लिँदै छन्। त्यसको पूर्व सन्ध्यामा पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले ओलीलाई बिदाइ गर्नुपर्नाको ४ वटा मुख्य कारण रहेकाे  बताएका छन् ।

ओलीलाई विश्वासको मत दिने कि नदिने स्वविवेकले निर्णय गर्ने अधिकार जसपाले आफ्ना सांसदलाई छाडेको छ। ओलीलाई विश्वासको मत दिन नदिन जसपाका सांसद स्वतन्त्र छन्।

नेता भट्टराईले भने ओलीलाई विश्वासको मत दिन नहुनेमा लबिङ गरिरहेका छन्।

आज बिहान सामाजिक सञ्जालमा उनले कोरोना नियन्त्रणमा असफल भएको, संविधान विपरित संसद विघटन गरेको, लोकतन्त्र धरापमा पारेको, कोरोनाको औषधि खरिदमासमेत ओलीले भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनलाई आजै बिदाइ गर्नुपर्नेमा जोड दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण: १. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, २. संविधान विपरित संसद बिघटन गरेर र २/३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, ३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको, ४. खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*