मुख्यमन्त्री गुरुङकाे राजीनामासँगै नयाँ सरकार गठनका लागि आव्हान

निरन्तर न्यूज
२६ बैशाख २०७८, आईतवार १९:२८

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर सोमबार मतदान हुने कार्यसूची थियो ।

आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएपछि उनले अघिल्लै दिन राजीनामा दिएका हुन् । उनले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् । गण्डकी प्रदेशमा आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रदेश प्रमुख सीता पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार ३ दिनभित्र नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी छन् ।

गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत छैन । यस्तो अवस्थामा प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*