पार्टी एकता कायम गर्दै ओली बहिर्गमन सुनिश्चित गर्छौंः डा. भट्टराई

निरन्तर न्यूज
२६ बैशाख २०७८, आईतवार १९:१९

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी एकता कायम रहने बताएका छन् । आइतबार आफ्नै निवासमा आयोजित पदाधिकारी बैठकका निर्णयबारे जानकारी दिँदै उनले उक्त दावी गरेका हुन् ।

‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ,’ बैठकपछि एक ट्वीट सन्देश जारी गर्दै उनले भनेका छन्, ‘सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न, देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौं ।’

बैठकपछि जसपा नेता अशोक राईले भने, ‘हामीले सांसदहरूलाई स्वविवेक प्रयोग गर्न भनेका छौँ । प्रधानमन्त्रीलाई विश्वासको मत उहाँहरूले दिनु हुनेछैन । विपक्षमा मतदान गर्ने वा तटस्थ बस्न भने पाउनुहुनेछ ।’

बैठकको निर्णयबारे जानकारी दिँदै जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले भने, ‘पार्टीले ह्वीप जारी गर्दैन । सांसदहरु विपक्षमा मत हाल्न वा तटस्थ बस्न स्वतन्त्रता दिइएको छ, यसलाई पार्टीको अनुशासनकाे विषय नबनाईने सहमति बनेको छ ।’

उनले अगाडि भने, ‘अहिले याे मध्यमार्गी बाटाेबाट पार्टी एकता जाेगाउने, भाेलिकाे मतदानपछि स्थितिकाे बृहत समीक्षा गरी एकीकृत कार्यदिशा तय गर्ने पदाधिकारी बैठकमा जेन्टलम्यान सहमति बनेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*