संवैधानिक आयोगमा सिफारिस : अख्तियारमा पाैडेल र रेग्मी, निर्वाचनमा राई

निरन्तर न्यूज
२६ बैशाख २०७८, आईतवार १६:१८

काठमाडौं। संवैधानिक परिषद्को बैठकले तीन संवैधानिक आयोगमा रिक्त रहेको पदमा पूर्तिको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बैठकले लोकसेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ ।

अख्तियार अनुसन्धान आयोगको रिक्त दुई आयुक्तमा पूर्वसचिव डा. हरि पौडेल र दिलीप रेग्मीलाई नियुक्तिको लागि सिफारिस गरेको बताइएको छ ।

यस्तै, निर्वाचन आयोगको रिक्त सदस्यमा डा. वीरबहादुर राईलाई सिफारिस गरिएको छ ।

रिक्त पदपूर्ति गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र बैठकसम्बन्धी कार्यविधि) संशोधन अध्यादेश जारी गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*