देउवा भेट्न महन्त र राजेन्द्र बुढानीलकण्ठ पुगे
काठमाडौं। प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु बूढानिलकण्ठ पुगेका छन्।
सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने जसपाका एक नेताले जानकारी दिए।
नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने चर्चासँगै जसपाको ठाकुर पक्ष देउवासँग नजिकिन थालेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष यसअघिदेखि नै विपक्षी गठबन्धनसँग नजिक रहेको छ।