राजीनामाबारे छलफल गर्न माधव समूहको बैठक बस्दै
काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर नेताहरुले सांसदहरुको राजीनामाको सम्बन्धमा आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक गर्ने भएका छन् ।
शनिबार साँझ बसेको माधव नेपाल पक्षिय सांसदहरुको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको फैसला अनुरुप २०७५ जेठ २ गते अघिको पार्टी संरचनामा फर्कन २४ घण्टे अल्टिमेटम दिएको थियो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोली संसदको अधिवेशन हुदैँछ । संसद अधिवेशन अघि नै माधव समुहका सांसदहरुले राजीनामा दिने तयारी गरिरहेका छन् । यद्यपी माधव समुहको राजीनामा रोक्नको निम्ति नेताहरु सक्रिय रुपले लागिरहेको भएपनि प्रधानमन्त्री ओली सो समुहको माग पुरा गर्न सकारात्मक देखिएका छैनन् ।