त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको निधन
काठमाण्डाैँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ । बुढालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
नगरपालिकाका अनुसार उपचारका क्रममा शनिवार काठमाडौंमा निधन भएको हो । उनी सुगर र प्रेसरका बिरामी थिए । पछिल्लो समय उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
उपचारका लागि गत चैतमा काठमाडौं गएका बुढाले नेकपा एमालेबाट मेयर पदमा निर्वाचित भएका थिए ।
उनकी पत्नी बद्मी क्वारी बोहोरा डोल्पाबाट कर्णाली प्रदेश सभा सदस्यको जिम्मेवारीमा छिन् ।