आज प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाण्डाैँ । बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बोलाएका हुन् ।
बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई पूर्वजानकारी दिइएको छैन । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्छ । तर प्रतिनिधिसभाबाट विश्वासको मत लिने दुई अघि बोलाइएको बैठकप्रति सबैको चासो छ ।
प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् ।