जब बिरामी बोकेर उडिरहेकाे हवाईजहाजको पांग्रा खस्याे …
एजेन्सी । भारतमा बिहीबार राति बिरामी बोकेर उडिरहेकाे हवाईजहाजको पांग्रा खसेको छ।
नागपुरबाट बिरामी बोकेर उडिरहेका बेला अचानक एउटा पांग्रा खसेपछि विमान मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको भारतीय सन्चार माध्यम ले जनाएको छ।
नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पांग्रा खसेको थियो।
त्यसपछि पाइलटले आफ्नो क्षमता प्रदर्शन गर्दै राति सवा ९ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आकस्मिक अवतरण गराएका हुन्।
नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले त्यो जहाजको तस्बिरसहित ट्विट गरेर घटनाबारे जानकारी दिएका छन्।
यस्ताे छ नागरिक उड्डयनमन्त्री पुरीकाे भनाई :
A Jet Serve Ambulance with a patient onboard lost a wheel during takeoff from Nagpur. Showing immense presence of mind Capt Kesari Singh belly landed the aircraft on foam carpeting in Mumbai. All onboard are safe. Commendable effort by @DGCAIndia @CSMIA_Official & other agencies. pic.twitter.com/aelehUB7DS
— Hardeep Singh Puri (@HardeepSPuri) May 6, 2021