लुम्बिनी प्रदेशमा १० सदस्यीय मन्त्रीमण्डल बन्याे
बुटवल । लुम्बिनी प्रदेशमा शंकर पाेखरेल मुख्यमन्त्रीमा पुनःनियुक्ति भएपछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिएकाे छ ।
मुख्यमन्त्री पाेखरेलकाे सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार मन्त्रिपरिषद्मा तीन जना नियुक्ति गरेसँगै केही जिम्मेवारी समेत हेरफेर गरेका हुन् । यससँगै लुम्बिनी प्रदेशकाे मन्त्रिपरिषद् १० सदस्यीय भएको छ।
थपिएकाहरुमा चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानून मन्त्री, भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री, धर्मबहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकासमन्त्री बनेका छन् ।
यसअघि थपिएका मन्त्रीमध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत छन्।