माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टीका प्रमुख सचेतक देव गुरुङले यसबारे जानकारी दिएका हुन् ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठकबाट निस्कने क्रममा कुनै प्रतिक्रिया दिएनन् । माओवादी केन्द्रको यो निर्णयसँगै ओली सरकार अल्पमतमा परेको छ ।