राजीनामा स्विकृत भएसँगै पुनः मुख्यमन्त्री बन्ने गृहकार्यमा शंकर पोखरेल

निरन्तर न्यूज
१९ बैशाख २०७८, आईतवार १६:४०

बुटवल । अविश्वासको प्रस्तावको सामना गर्नुपूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिए । पोखरेलको राजीनामा पुनः मुख्यमन्त्री बन्ने सजिलो बाटो सुनिश्चितको लागि आएको उनी निकटष्ठहरु बताउँछन् ।पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएको स्रोतको दावी छ । उक्त प्रदेशमा नेकपा एमाले ४१ सांसदसहित बहुमत प्राप्त दल हो । उनलाई विश्वासको मतका लागि केवल ४१ सांसद चाहिन्छ । तर मतदानमा जाँदा माधव नेपाल समूहबाट फ्लोर क्रस हुने भएकोले उनले सुरक्षित बाटो रोजेका हुन् ।

के छ धारा १६८ को उपधारा १ मा ?

लुम्बिनी प्रदेशसभामा आज दिउँसो सरकारबिरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची रहेको थियो । यसलाई सामना गर्दा पद जाने पक्का भएपछि उनले वैकल्पिक बाटो अख्तियार गरेको बताइन्छ ।

अहिले लुम्बिनी प्रदेशमा जसपाका ४ र माओवादी केन्द्रका २ गरी ६ जना प्रदेश सभा सदस्य पदमुक्त भएपछि ८१ सदस्यमात्र छन् । एमालेका ४१ सांसद भएकाले अब एमालेको एकल बहुमत हुनेछ । नेकपा एमाले लुम्बिनीका प्रमुख सचेतक भुमिश्वर ढकालका अनुसार राजीनामासँगै एकल सरकार बनाउन मुख्यमन्त्री पाेखरेलले राजीनामा दिएका हुन् ।यसैबीच, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*